back
CTIZAN AD

एनआईबिएल एस क्याप्टिलले गर्यो १० वर्ष पुरा, एनआईबीएल ग्रोथ फण्ड सार्वजनिक

वि.सं.२०७९ साउन १५ आइतवार

732 

shares

काठमाडौं । एनआईबिएल एस क्याप्टिलले मर्चेन्ट बैंकिंग तथा इन्भेष्टमेन्ट बैंकिंग क्षेत्रमा सेवा प्रदान गर्दै आएको आज १० वर्ष पूरा भएको छ । १० वर्षे अवधिमा क्यापिटलले १८८ कम्पनीको आईपिओ तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ ।

क्याप्टिल हाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ । क्याप्टिलले योजना व्यवस्थापक रही “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत तीन वटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको जनाएको छ । जसमध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्क भई आफ्नो इकाईधनीहरुलाई रकम समेत फिर्ता गरिसकेको छ । साथै नयाँ बन्दमुखी योजना “एनआईबीएल ग्रोथ फण्ड” नेपाल धितोपत्र बोर्डमा पेश भई प्रारम्भिक समीक्षाको चरणमा रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार  ७०० भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवा अन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३ लाख ग्राहकवर्गलाई डिम्याट खाता तथा २.२५ लाख ग्राहकवर्गलाई मेरो शेयर सेवा समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

क्यापिटलले १० वर्ष पूरा गरेको अवसरमा प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाइ लक्षित गरी विभिन्न योजनाहरु ल्याएको छ । जस अनुसार क्यापिटलले डिम्याटको वार्षिक नविकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निः शुल्क नविकरण सेवा दिने तथा रु १० मा बजार विशेषज्ञ सेवा दिने जनाएको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १३:१० मा प्रकाशित

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आाजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (शुक्रबार)का लागि विदेशी मुद्राको...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

कृषि विकास बैंकको नाफा घट्यो, वितरणयोग्य नाफा १ अर्ब २६ करोड

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको वित्तीय...

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

नविल बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, सबै वित्तीय सुचकमा उल्लेखनीय सुधार

काठमाडौँ । नविल बैंकको आर्थिक वर्ष २०८२/२०८३ को वित्तीय विवरण...

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप...