back
CTIZAN AD

मनोगतवाद नै एकताको बाधक–युवराज ज्ञवाली

वि.सं.२०७९ साउन १५ आइतवार

696 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष यूवराज ज्ञवालीले मनोगतवाद नै एकताको बाधक भएको आरोप लगाएका छन् ।
४४ औं पुष्पलाल स्मृति दिवस समारोहमा आयोजित कार्यक्रममा एमाले नेता ज्ञवालीले नेपाली कम्युनिष्ट आन्दोलनमा कतिपय नेताहरुको मनोगतवादले कम्युनिष्ट आन्दोलन नै खतारामा पुगेको बताएका थिए ।

पुष्पलाल अध्ययन समाजद्धारा आयोजित सो कार्यक्रममा उनले पुष्पलालको गरिमा, ओज र महत्व दिनानुदिन बढ्दै गएको बताउँदै कम्युनिष्ट आन्दोलनमा सहि र परिपक्व बाटो लिएको बताए ।

पुष्पलाल दूरदृष्टि राख्ने नेता भएको बताउँदै उनले अहिलेका केही नेताहरुको मनोगतवाद र व्यक्तिवादी दंभले कम्युनिष्ट आन्दोलनमा समस्या पैदा भएको उल्लेख गरे ।
वामपन्थीहरुको एकताबद्ध आन्दोलन बलियो पार्नुपर्नेमा दक्षिणपन्थीहरुसँग गठजोड हुनु दुर्भाग्य भएको समेत उनले बताए ।

ज्ञवालीले एमसीसी पछिको एसपीपीले मूलुक पुरै पराधिन भएको बताउँदै वामपन्थीहरु मिलेमात्र दुर्घटना रोक्न सकिनेमा उनको जोड थियो ।

उनले ओली, प्रचण्ड र माधव नेपालहरुको नामै उल्लेख गरी एकताको वातावरण बनाउन आग्रह गरेका थिए ।

वामपन्थी नेता लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यकममा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा, नेकपा–(क्रान्तिकारी माओवादी), सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली लगायतका वक्ताहरुले बोलेका थिए ।

वि.सं.२०७९ साउन १५ आइतवार १२:५४ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...