back
CTIZAN AD

विश्वभर दैनिक ४ हजार मानिस एचआईभी सङ्क्रमित : राष्ट्रसङ्घ

वि.सं.२०७९ साउन १६ सोमवार

702 

shares

न्युयोर्क, अमेरिका । विश्वभर प्रत्येक दिन करिब चार हजार जनामा एचआईभी सङ्क्रमण हुने गरेको पाइएको छ ।

राष्ट्रसङ्घले आइतबार देशहरूलाई यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो । राष्ट्रसङ्घले ट्विट गर्दै एचआईभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउनसमेत आग्रह गरेको छ । एचआईभी/एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम विश्वव्यापी एचआईभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड–१९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआईभी महामारीविरुद्धको प्रगति कमजोर भएको बताएको छ । यसका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन् । जसका कारण लाखौँको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ ।

नयाँ सङ्क्रमणको सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापीरूपमा केवल ३.६ प्रतिशतले घटेको छ जुन नयाँ एचआईभी सङ्क्रमणमा सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो ।

पूर्वी युरोप र मध्य एसिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“यी तथ्याङ्कले विश्वव्यापी एड्स प्रतिक्रियालाई गम्भीर खतरामा रहेको देखाउँ छ । यदि हामीले द्रुतरूपमा प्रगति गरेनौँ भने कोभिड–१९, लगायात अन्य सङ्कटका बीचमा यसको प्रकोप थप बढ्ने देखिन्छ । सम्भावित लाखौँ मृत्यु रोक्न खोजिरहेका छौँ,“ यूएन–एड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिअनुसार एड्सले प्रत्येक मिनेटमा ज्यान लिइरहेको छ । औसतमा सन् २०२१ मा विभिन्न रोकथामात्मक उपचारका बाबजुद छ लाख ५० हजार जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

“यी तथ्याङ्कहरूले राजनीतिक इच्छाशक्तिलाई प्रतिविम्बित गर्छन् । के हामी हाम्रा बालबालिकालाई सशक्तीकरण र संरक्षण गर्ने कुरामा ख्याल गर्छौँ ? के हामी बालबालिका एड्सबाट हुने मृत्यु रोक्न चाहन्छौँ ? के हामीले जीवन बचाउने कुरालाई अपराधीकरणभन्दा अगाडि राख्छौँ ?“ ब्यानिमाले प्रतिप्रश्न गरेका छन् । “यदि हामीले गर्छौँ भने, हामीले यसको सङ्क्रमणलाई रोक्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।

प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणामहरू आउने देखिन्छ । यदि यही दरमा सङ्क्रमण बढ्दै जाने हो भने सन् २०२५ मा सङ्क्रमितको सङ्ख्या १२ लाखभन्दा बढी थप हुनेछ । (रासस/एएनआई)

वि.सं.२०७९ साउन १६ सोमवार ०७:५२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...