back
CTIZAN AD

राजकुमार चाल्र्सको परोपकारी संस्थाले बिन लादेनबाट अनुदान लिएको खुलासा

वि.सं.२०७९ साउन १६ सोमवार

1.1K 

shares

लन्डन । बेलायतका राजकुमार चाल्र्सले ओसामा बिन लादेनका आफन्तबाट दिएको दश लाख पाउन्ड (करिब १२ लाख अमेरिकी डलर) अनुदानबारे एक पत्रिकामार्फत सार्बजनिक भएपछि उनको परोपकारी संस्थामाथि थप प्रश्नहरू उठेका छन् ।

‘जीवन परिवर्तन गर्न र दिगो समुदाय निर्माणका लागि’ प्रिन्स अफ वेल्सको परोपकारी कोषको स्थापना सन् १९७९ मा गरिएको थियो र यसले बेलायत र विश्वभरका विभिन्न परियोजनाहरूलाई अनुदान दिन्छ ।

‘द सन्डे टाइम्स’ले भनेको छ, “‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी दुवै सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका पूर्व अल–काइदा नेता लादेनका सौतेनी भाइहरू हुन् । उक्त पत्रिकामा भनिएको छ, “संस्थाका सल्लाहकारले राजगद्दीका उत्तराधिकारीलाई उक्त अनुदान नलिन आग्रह गरेका थिए ।”

चाल्र्सको क्लारेन्स हाउस अफिसले अनुदान लिइएको पुष्टि गरेको छ । उक्त रकम स्वीकार गर्ने निर्णय राजकुमारले नभई परोपकारी संस्था जिम्मेवार अधिकारीहरूले लिएको र ‘यो अनुदान स्वीकार गर्न विस्तृत तथा आवश्यक सावधानी अपनाइएको थियो’ उक्त पत्रिकाले बताएको छ ।

उक्त अनुदान संस्थाका तत्कालीन पाँच उच्च अधिकारीहरूको ‘पूर्णतया’ सहमतिमा लिइएको भन्दै यसबारे अन्य सुझाव दिने कुनै पनि प्रयास भ्रामक र गलत भएको कोषका अध्यक्ष इयान चेशायरले बताए ।

त्रिहत्तर वर्षीय चाल्र्सले आफ्नो परोपकारी संस्थाको परिचालनबारे एकपछि अर्को दाबीहरूको सामना गर्नुपरेको छ । गत महिना ‘सन्डे टाइम्स’को एक रिपोर्टमा उनले कतारका पूर्व प्रधानमन्त्री शेख हमाद बिन जसिम बिन ज्याबेर अल थानीबाट ३० लाख अमेरिकी डलर बराबरको नगद पनि स्वीकार गरेका उल्लेख गरिएको थियो ।

लन्डन प्रहरीले हाल राजकुमारको अर्को परोपकारी संस्था, प्रिन्स फाउन्डेशनसँग सम्बन्धित मानिसहरूले अनुदानको बदलामा एक साउदी अर्बपतिलाई सम्मान र नागरिकता सुरक्षित गर्न मद्दत गर्ने प्रस्ताव राखेको एउटा छुट्टै आरोपबारे अनुसन्धान गरिरहेको छ । क्लारेन्स हाउसले चाल्र्सलाई त्यस्तो प्रस्तावबारे केही थाहा नभएको बताएको छ । (रासस/एपी)

 

 

वि.सं.२०७९ साउन १६ सोमवार ०७:५५ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...