back
CTIZAN AD

विप्लव, प्रकाण्ड लगायतका नेताहरुलाई पक्राउ पूर्जी जारी

वि.सं.२०७९ साउन १६ सोमवार

1K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरुलाई पक्राउ पूर्जी जारी गरिएको छ ।

ललितपुर जिल्ला अदालतले सोमबार एक सूचना जारी गर्दै महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका नेताहरुविरुद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा पक्राउ पूर्जी जारी गरेको हो ।

अदालतले हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राईलाई पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भन्दै उपस्थितत नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम कारबाही गरिने पक्राउ पूर्जीमा उल्लेख गरिएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार ०८:५२ मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...