back
CTIZAN AD

करोडौ रकम ठगेर भागेको भनिएका गौतमश्री सहकारीका अध्यक्षले निकाले यस्तो विज्ञप्ति

वि.सं.२०७९ साउन १७ मंगलवार

867 

shares

काठमाडौं । बचतकर्ताको करोडौ रकम ठगेर भागेका भनिएका गौतमश्री बहु उद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतमले आफ्नो जायजेथा र सम्पत्ति बेचेर पनि बचतकर्ताको रकम फिर्ता दिने बताएका छन् ।

उक्त सहकारीका ११४५ जना बचतकर्ताले संस्थाबिरुद्ध सहकारी विभागमा ठगीको उजुरी हालेको भोलिपल्ट गौतमले विज्ञप्ति जारी गरेर आफु ठगेर भागेको नभै व्यवसायिक कामले भारत गएको बताएका छन् ।

‘सर्वप्रथम म सहकारी संस्थाको अध्यक्ष रामबहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपाल बाहिर गएको र मेरो मोबाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाएर म सहकारीको बचतकर्ताको रकम खाएर भागेको भन्ने समाचार सार्वजनिक गरिएकोमा म बचतकर्ताको रकम खाएर नभागको स्पष्ट पार्न चाहान्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेको जानकारी गराउदछु ।’ गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सहकारी नियमित संचालनमा रहेको अवस्थामा कोरोना महामारीको २ वर्षे लकडाउनका कारण कतिपय अवस्थामा सहकारीबाट प्रवाह गरिएका ऋण असुल हुन नसकेको भएपनि बचतकर्ताको रकम नियमित रुपमा फिर्ता गरेको र संस्था संचालनमै रहेको बताएका छन् ।

‘तर अप्रत्यासीत रुपमा केही संचारमाध्यममा सहकारी समस्यामा रहेको भन्ने भ्रामात्मक समाचार सार्वजनिक भएपछि बचतकर्तामा त्रास पैदा हुनु स्वभाविक नै हो,’ विज्ञप्तिमा गौतमले भनेका छन्,‘संस्थासँग सम्बन्धीत केही कुत्सीत मानसिकता भएका व्यक्तिले फैलाएको सो भ्रम पश्चात सहकारीमा बचतकर्ताको भिड लगाउने र विभाग तथा प्रहरी प्रशासनमा समेत उजुरी गरी मेरो व्यक्तिगत र पाविारीक सदस्यलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने, कर्मचारीलाई समेत आक्रमण गर्ने धम्की आइरहेको सन्दर्भमा सुरक्षाको प्रत्याभुति हुनासाथ कार्यालय नियमित सन्चालन गर्ने र बचतकर्ताको रकम नियमित रुपमा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

वि.सं.२०७९ साउन १७ मंगलवार १३:४० मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...