back
CTIZAN AD

आठ वर्षदेखि राहत पाउने आशामा जुरे पहिरो पीडितहरु

वि.सं.२०७९ साउन १७ मंगलवार

726 

shares

सिन्धुपाल्चोक । जुरे पहिरो गएको आठ वर्ष भएको छ । आजभन्दा आठ वर्षअघि, साउन १७ गते जुरे माथिको पहाड खस्दा जुरेका सिङ्गो बस्ती नै पुरियो भने एक सय ४५ जनाको ज्यान गएको थियो । सयौँ घरपरिवार विस्थापित बने । पहिरो पीडितले अहिलेसम्म राहत पाउन सकेका छैनन् भने उनीहरुले पीडा पनि भुल्न सकेका छैनन् ।

पहिरोपीडितका लागि देश-विदेशबाट सर्वसाधारण लगायतका दाताले दिएको दुई करोड २४ लाख राहत रकम आठ वर्ष बितिसक्दासमेत सरकारी खातामै अड्किएको छ । राहत रकमका लागि पटक-पटक पहिरो पीडितहरु जिल्ला प्रशासन कार्यालयका साथै गृह मन्त्रालयसम्म पनि धाइरहे । अघिल्लो महिना मात्रै मन्त्रिपरिषद्को निर्णयबाट रकम फुकुवा भएसँगै पीडितहरुले रकम पाउने आशा पलाएको बलेफी गाउँपालिकाका रामबहादुर तामाङ बताए ।

पहिरोपीडितका लागि सङ्कलित रकमको खाता फुकुवा भएसँगै कुन मापदण्डअनुसार वितरण गर्ने भन्ने टुङ्गोमा पुग्न जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला तथा पहिरोपीडितहरुसँग अबको बैठकमा छलफल गर्ने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनालले जानकारी दिए ।

विसं २०७१ साउन १७ गते तत्कालीन मांखा र राम्चे गाविसको सीमामा पहिरो जाँदा ३० घर पूर्ण रुपमा नष्ट भएको थियो भने ५४ घरमा क्षति पुगेको थियो । तीनवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द रह्यो । भोटेकोसी र सुनकोसी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त बनेको थियो । रासस

वि.सं.२०७९ साउन १७ मंगलवार १३:०८ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...