काठमाडौं । आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
त्यस्तै आज देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज र भोलि कोशी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपासनै हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज संखसवासभा, धनकुटा, सुनसरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की र दार्चुला भइ बहने स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स–साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
वि.सं.२०७९ साउन १९ बिहीवार १०:५४ मा प्रकाशित






























