
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनका लागि तालमेल गर्न ९ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा एकमुष्ट तालमेलको खाका बनाउन कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई/दुई जना सदस्य राखिएका छन् ।
कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् ।
नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् भने जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको सन्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
तालमेलको खाका बनाउन गठित कार्यदलले साउन मसान्तभित्रै सबै निर्वाचन क्षेत्रको तथ्य आकंलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्नेछ ।
याे पनि…
१६५ सिटमै तालमेलको तयारीमा सत्ता गठबन्धन : कसले कति पाउने ?