back
CTIZAN AD

चीनले दियो फक्ताङ्लुङलाई स्काभेटर

वि.सं.२०७९ साउन २१ शनिवार

2K 

shares

फुङ्लिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो ।

फक्ताङलुङ गाउँपालिका(७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङ्लुङ गाउँपालिकामा स्काभेटर ल्याइपुर्याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।
तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक सातामा र फुङ्लिङदेखि दुई दिनमा फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्याइएको गाउँपालिकाले जनाएको छ ।

स्काभेटर रु एक करोड ३५ लाख बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क रु २५ लाख नेपाल सरकारले छुट दिएको छ । नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताए ।

स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिकाभित्रका सडक मर्मत गर्न थालिएको छ । निरन्तर वर्षाका कारण सदरमुकाम फुङ्लिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारीसाधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र ठाउँ ठाउँमा सडकको ट्र्याक खोलिएकामा अब तिनको मर्मत तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताए । उनले भने , “विगमा झैं सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैँले गर्नेछ । स्काभेटरलाई इन्धनमात्र खरिदका लागि मात्र बजेट विनियोजन हुन्छ ।” लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाहै्र महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ । गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आफैंले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ

विगतमा झैँ कृषि सडकको ट्र्याक खोल्ने सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन् । बिरामी हुँदा, दैनिकरुपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरुलाई सहज भएको छ ।रासस/फाइल फाेटाे

वि.सं.२०७९ साउन २१ शनिवार १४:१४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...