back
CTIZAN AD

चिनियाँ विदेशमन्त्रीको पूर्वी एशियामा सहयोग सुदृढ गर्न ३ बुँदे प्रस्ताव

वि.सं.२०७९ साउन २२ आइतवार

636 

shares

नोम पेन्ह । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेश मन्त्री वाङ यीले शुक्रबार कम्बोडियाको नोम पेन्हमा आयोजित १२ औँ पूर्वी एशिया शिखर सम्मेलनका विदेश मन्त्रीहरूको बैठकमा भाग लिने क्रममा पूर्वी एशियामा सहयोग बढाउन तीन बुँदे प्रस्ताव राखेका छन् ।

मन्त्री वाङले क्षेत्रीय शान्ति, स्थायित्व र विकासको प्रवर्द्धन गर्ने स्पष्ट उद्देश्यका साथ पूर्वी एशिया शिखर सम्मेलनको स्थापना भएको र यसको केन्द्रियतामा जोड दिनुपर्ने बताएका छन् । हालको अन्तरराष्ट्रिय र क्षेत्रीय अवस्था जटिलताबाट गुज्रिरहेको र अनिश्चितता र अस्थिरताका प्रमुख समस्याहरूमा अल्झिएका छन्, वाङले भने ।

महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू फैलिएको, ऊर्जा, खाद्यान्न र आर्थिक समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताउँनु भएको छ । महामारीपछिको आर्थिक पुनरुत्थान सुस्त रहेको, युक्रेन सङ्कटका नकारात्मक प्रभावहरू विश्वव्यापीरूपमा फैलिएको छ छन् । त्यसबाट ऊर्जा, खाद्यान्न र वित्तका समस्याहरू एकपछि अर्को गरी देखापरेको र औद्योगिक तथा आपूर्ति शृङ्खलाको स्थिरतामा गम्भीर असर परेको वाङले बताउँनु भएको छ ।

उहाँले पूर्वी एशिया शिखर सम्मेलनले सबै पक्षबीच सहमति निर्माण गर्न र चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा क्षेत्रीय राष्ट्रहरूले गरेको बताउँनु भएको छ । “हामीले शिखर सम्मेलनको मूल उद्देश्यको समीक्षा गर्नुपर्छ । यसको विकासको दिशालाई निरन्तरता दिनुपर्छ र क्षेत्रीय संरचनालाई असर गर्नबाट साना विशेष गुटहरूलाई रोक्नुपर्दछ,“ उहाँले भन्नुभयो। मन्त्री वाङले साँचो बहुपक्षीयता र खुला क्षेत्रीयतावादलाई समर्थन गर्न, साझा, व्यापक, सहकारी र दिगो सुरक्षाको दृष्टिकोणको वकालत गर्न र संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूमा आधारित अन्तरराष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यताहरूको रक्षा गर्नसमेत आह्वान गर्नुभएको छ ।

यसैगरी मन्त्री वाङले शिखर सम्मेलनको आगामी विकासका लागि चीनको तीन बुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । ती प्रस्तावमा राजनीतिक सुरक्षासम्बन्धी वार्तालाई रचनात्मक ढङ्गले अघि बढाउने, विकास र सहयोगको लागि शिखर सम्मेलन बलियो बनाउने र जोखिम एवं चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्षमता प्रवर्द्धन गर्ने लगायतका छन् । (रासस–सिन्ह्वा)

 

वि.सं.२०७९ साउन २२ आइतवार ०८:३१ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...