back
CTIZAN AD

पाकिस्तान : विधानसभाका लागि सबै नौ रिक्त स्थानमा उम्मेदवारी दिने इमरान खानको घोषणा

वि.सं.२०७९ साउन २२ आइतवार

759 

shares

इस्लामाबाद, पाकिस्तान । पाकिस्तान तेहरिक–आई–इन्साफ (पीटीआई) प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले विधानसभा सीटका लागि हुने उपचुनावमा शनिबार सबै नौ स्थानबाट आँफै लड्ने घोषणा गरेका छन् ।

पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार उपचुनावको तालिका जारी गरेपछि सर्वप्रथम पीटीआईको आधिकारिक ट्वीटर अकाउन्टबाट उक्त जानकारी आएको थियो र पछि पार्टीका वरिष्ठ उपाध्यक्ष फवाड चौधरीले पत्रकार सम्मेलनमा उक्त सन्दर्भलाई पुष्टि गरेका थिए ।

एआरवाई न्यूजका अनुसार पत्रकारहरूसँगको भेटमा इमरान खानले भने, “यो वर्ष चुनाव हुन्छ, सरकारी दलहरु आँफुलाई एक्लाउन चाहन्छन्, तर हरेक मञ्चमा शासकहरूविरुद्ध सङ्घर्ष गर्न म तयार हुनेछु ।” उनले भने, “मलाई अयोग्य बनाउने सरकारी गठबन्धनको योजना कहिल्यै पूरा हुने छैन ।”

विश्वप्रसिद्ध क्रिकेटरसमेत रहेका पूर्व प्रधानमन्त्री खानले सिकन्दर सुल्तान राजालाई पाकिस्तानको निर्वाचन आयुक्त (ईसिपी) को रूपमा नियुक्त गर्नु ठूलो भूल भएको बताए ।

भूतपूर्व प्रधानमन्त्रीले दुई विदेशी देशहरूले विगतमा आफूलाई आर्थिक सहयोग दिने प्रस्ताव राखेको बताउँदै आफुले त्यसो गर्न इन्कार गरेको बताए “लोकप्रिय समर्थन भएका नेताहरूलाई निर्मूल पार्न सकिँदैन,” उनले आफुप्रति पाकिस्तानी नागरिकको अथाह समर्थन रहेको दावी गरे ।

पूर्वप्रधानमन्त्री खानले नौवटै सिटमा उपचुनाव लड्ने घोषणाले धेरैलाई झस्काएको छ । केही टिप्पणीकारहरूले पीटीआई अध्यक्षले अन्य कुनै उपयुक्त उम्मेदवार भेट्टाउन सकेनन् कि भनी प्रश्न उठाएका छन् । प्रभात पत्रिकाका अनुसार पाकिस्तानका स्वतन्त्र तथा निष्पक्ष निर्वाचन सञ्जाल (फाफेन) का प्रतिनिधि मुदसीर रिज्वीले सिट खाली भएपछि निश्चित समयसीमाभित्र उपनिर्वाचन को व्यवस्था गरिएको र यो प्रावधानको संविधानले व्यवस्था गरेको बताए । उनले भने, “उम्मेदवारलाई धेरै सिटमा प्रतिस्पर्धा गर्न दिने तर एक मात्र कायम राख्ने व्यवस्था गरिएको छ ।”

इमरान खान पाकिस्तानको प्रधानमन्त्री रहेका समय विपक्षीहरूको आन्दोलनलाई साथ दिँदै पाकिस्तान तेहरिक–इ–इन्सानका राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नौ सदस्यले सामुहिक राजिनामा दिएका र पाकिस्तानका तत्कालिन उपसभामुख कासिम सुरीले उनीहरूको राजिनामा स्वीकृत गरेपछि उक्त सीट खालि हुन आएका थिए । निर्वाचन आयोगले सेप्टेम्बर २५ राष्ट्रिय सभाका नौ वटा नै सीटमा उप–चुनाव हुने घोषणा शुक्रबार गरेको थियोे । (रासस\एएनआई)

वि.सं.२०७९ साउन २२ आइतवार ०८:३८ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...