Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज साउन २३ गते सोमबारको राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !



मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसोदेखि स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सहयोगले फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ। परिवेश उल्लासमय रहे पनि बाध्यताले निरीह बनाउन सक्छ। प्रतिष्ठा एवं लोकाचारका लागि फजुल खर्च गर्नुपर्ने हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा समेत विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् भने कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। फुर्सदको समयमा रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य बिग्रने, सञ्चित रकम खर्च हुने र साथीभाइ टाढिने सम्भावना छ। अधैर्य व्यवहारले हानि पुर्याउनेछ।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि स्वास्थ्यका लागि परिस्थिति प्रतिकूल रहनेछ। प्रशंसनीय कामले लोकप्रियता बढाउनेछ। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। अत्यावश्यक कामले रकम बाहिरिन सक्छ। साँझतिर बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले पनि अलि दुःख पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। आँटेको काम बन्नेछ, व्यापार बढ्नेछ र पेसा–व्यवसायमा मनग्य फाइदा उठाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्, जीवनशैलीमा परिवर्तन आउनेछ र लक्ष्यमा पुग्न सकिनेछ।

२०७९ साउन २३ गते, सोमवार,( ८ अगस्ट २०२२)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

आज साउन २२ गते आइतबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ