back
CTIZAN AD

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

वि.सं.२०७९ साउन २३ सोमवार

762 

shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बनेको सत्ता गठबन्धनको सिट बाँडफाटका लागि गठित कार्यदलको बैठक आज बस्दैछ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त कार्य दलको पहिलो बैठक बस्न लागेको हो ।

गत साउन २० गते बसेको सत्ता गठबन्धन दलको बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा जस्तै तालमेल गरेर जाने निर्णय गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । सोहि बैठकले सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल समेत गठन गरेको थियो ।

उक्त कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा गरी ११ सदस्यीय कार्यदल बनाइएको थियो ।

तालमेलको खाका बनाउन गठित कार्यदलले साउन मसान्तभित्रै सबै निर्वाचन क्षेत्रको तथ्य आकंलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको थियो ।

वि.सं.२०७९ साउन २३ सोमवार ०८:३८ मा प्रकाशित

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...