back
CTIZAN AD

आज एकैदिन थपिए ९३४ कोरोना संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७९ साउन २३ सोमवार

786 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५,३५१ नमुना परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ९३४ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९० हजार ६२५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ४७० जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ ।
त्यस्तै आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९७२ पुगेको छ ।

त्यसैगरी हाल नेपालमा पाँच हजार ५ हजार ६८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ५०९, संस्थागत आइसोलेसनमा १७७, आइसीयुमा ४७ जनाको उपचार भइरहेको छ भने भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ३२ हजार ५३४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

थप ५५३ जनामा कोरोना संक्रमण, ४५ जनाको आइसीयुमा उपचार

वि.सं.२०७९ साउन २३ सोमवार १६:३१ मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...