back
CTIZAN AD

१२ वर्ष विदेशमा बसेर केहि गर्न नसकेका पुर्जाले पशुपालनबाट मनग्य आम्दानी गर्दै

वि.सं.२०७९ साउन २३ सोमवार

822 

shares

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाए । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उनी लागे ।

किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिएका छन् । दोवावेशी बाख्रापालन फार्म स्थापना गरेका पुर्जा निवर्तमान वडा सदस्य छन् । अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थालेका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी सङ्गठनको कामलाई अघि बढाउने गरेको बताए । दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन सुरु गरेका उनको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षमा बाख्राको सङ्ख्या सय पुर्याउने पुर्जाको योजना छ ।
वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पुर्याउन नसकेको बताए ।

दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडापालन गर्दै आएका थिए । फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिइएको छ । फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैँसी छन् । उनले बेँशी नजिकैको सुनारीमा वार्षिक रु २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बङ्गुर र माछापालनसमेत गर्ने तयारी गरेका छन् ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:२४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...