back
CTIZAN AD

काठमाडौं माओवादीमा संघ र प्रदेशका उम्मेदवारको हल्ला

वि.सं.२०७९ साउन २३ सोमवार

1K 

shares

काठमाडौं । निर्वाचन हुन झण्डै १०० दिन हुँदा निर्वाचनमा प्रत्यासी हुन चाहानेहरुले प्रत्यक्ष अप्रत्यक्ष उम्मेदवारीको घोषणा गर्न थालेका छन् ।

कसैले संजाल मार्फत आफनो दावी पेश गर्न थालेका छन भने कसैले सार्वजनिक ठाउँहरुमा हल्ला पिटाएर हकदावी गरिरहेका छन् ।

प्राप्त एक समाचार अनुसार काठमाडौंको निर्वाचन क्षेत्र ४ मा माओवादीका तर्फबाट दावी गर्नेहरु आधा दर्जन नाघेका छन । सो क्षेत्रबाट संघको लागी गौरीघाट निवासी सुरेश कर्माचार्य (बाग्मती प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं ४ को संयोजक), चावहिल निवासी रामेश्वर जंग के सी (पार्टीको जिल्ला समन्वय सदस्य,कलाकार महासंघ सदस्य) र चावहिल निवासी विजय देव भट्टराई (वागमती प्रदेश सदस्य) लगायतले संघमा रुचि प्रकट गरेका छन् ।

यसैगरी निर्बाचन क्षेत्र नं ४ को क प्रदेश सदस्यमा बिष्णु प्रसाद चौलागाईँ ( बागमती प्रदेश पार्टीको सल्लाहाकार), ३० न वडामा कार्यक्षेत्र भएका नबराज न्यौपाने ( जिल्ला समन्वय सदस्य तथा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको सचिव), कुमारीगाल निवासि लक्ष्मी न्यौपाने ( पार्टीको पेशागत जिल्ला सदस्य तथा बागमती प्रदेश बुद्धिजीबी संगठनको सदस्य), चावहिल निवासी हरिकृष्ण खरेल (लोकप्रिय सामाजिक अभियन्ता तथा पार्टीको महानगर सदस्य), नक्साल वडा नं १ निवासी सौरभ दुवाडी (पार्टीको महानगर सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीको केंद्रीय सदस्य ) लगायतले रुचि देखाएको माओवादी श्रोतले बताएको छ ।

यो निर्वाचन क्षेत्र कांग्रेस महामन्त्री गगन थापाले जितेको क्षेत्र हो । बिगत ५ बर्षमा अन्य निर्वाचन क्षेत्रमा भन्दा माओवादीले आफनो आधार बलियो बनाएकोले प्रत्यासीहरु बढेको सो श्रोतले जनाएको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:०७ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...