back
CTIZAN AD

ग्यासको प्रयोगमा १५ प्रतिशत कटौती गर्ने ईयूको योजना कार्यान्वयनमा

वि.सं.२०७९ साउन २४ मंगलवार

786 

shares

ब्रसेल्स । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ (ईयू) ले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना मङ्गलबारदेखि लागू भएको छ ।

दुई साताअघि २७ राष्ट्रसम्मिलित यूरोपेली संघ (ईयू) ले सहमति गरेको उक्त योजनालाई समेटेर ईयूको नियम सोमबार युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ ।

“यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षामा आसन्न खतरालाई ध्यानमा राख्दै यो नियम तत्काल लागू गरिनुपर्ने देखिएकोले मङ्गलबारदेखि कार्यान्वयनमा ल्याइएको छ,” विज्ञप्तिमा भनिएको छ ।

यसको उद्देश्य अत्यधिक चिसो समयलाई आफ्नो ग्याँसको भण्डारलाई समयमै बलियो बनाउन सक्षम हुनुपर्ने र यसका लागि ईयूले यो निर्णय गरेको हो । युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको विज्ञप्तिमा बताइएको छ ।

पत्रमा भनिएको छ, “ईयू देशहरूले उनीहरूले अघिल्लो पाँच वर्षमा औसतमा कति प्रयोग गरे भन्ने आधारमा यही अगष्टदेखि अर्को वर्षको मार्चसम्म ‘कम्तिमा १५ प्रतिशत’ ग्यास खपत घटाउन आफ्नो सर्वोत्तम प्रयास प्रयोग गर्नेछन् ।”

केही ईयू देशहरूले यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् । उनीहरूले कुनै पनि अवस्थामा ‘स्वैच्छिक माग कटौती’ गर्ने सर्त राखेका थिए । यी देशहरू युरोपेली विद्युत् ग्रीडमा पूर्णरूपमा जडान गरिएका थिएनन् वा ईयूका अन्य भागहरूमा ग्यास पाइपलाइनहरूसँग वा अन्य सदस्य राष्ट्रहरूलाई मद्दत गर्न पर्याप्त पाइपलाइन ग्यास खाली गर्न असमर्थ थिए ।

रुसबाट सिधै ल्याइने ग्यासमा निर्भर रहेको हंगेरीले यसको अपवादको माग गरेको थियो ।

ईयूको आर्थिक महाशक्ति जर्मनीले गत वर्ष रूसबाट आयात हुने ४० प्रतिशत ग्यास आयातमा ठूलो हिस्सा ओगटेको थियो ।

यदि युरोपेली आयोगले ‘ग्यास आपूर्तिमा गम्भीर कमी’ वा असाधारण रूपमा उच्च ग्यासको माग देखापरेको छ भने, यसले ईयू सदस्य राष्ट्रहरूलाई ग्याँस कटौतीका लागि बाध्यकारी बनाउँदछ र अपवादहरू सीमित गर्दछ ।

इयूले यूक्रेन युद्धका लागि मस्कोमाथि लगाएको प्रतिबन्धमा रूसी ग्यासलाई समावेश नगरे पनि ब्रसेल्सले युरोपलाई बलियो बनाउन सक्ने अनुमानसहित ब्रसेल्सका लागि हुने आपूर्तिमा पनि क्रेमलिनले भारी कटौती गरेको छ । (रासस/एएफपी)

वि.सं.२०७९ साउन २४ मंगलवार ०८:४० मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...