काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा सिभिल बैंकको सेयरधनीहरुलाई वितरण गर्ने लाभांश क्षमता ११०.०९ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७÷०७८ मा बैंकको ५.२८ प्रतिशत लाभांश दिने क्षमता रहेको थियो । तर, गत वर्ष ११०.०९ प्रतिशत बढेर ११.०९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता पुगेको हो ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ मा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही आधारमा पनि बैंकले गत वर्ष ११ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।
गत असार मसान्तसम्ममा बैंकको स्प्रेड दर ६९.०५ प्रतिशत बढेर ४.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको २.५२ प्रतिशत स्प्रेड दर रहेको थियो । अघिल्लो वर्ष १०.४६ प्रतिशत बेसरेट रहेको सिभिलको गत वर्ष ३३.५९ प्रतिशत बढेर ७.८३ प्रतिशत कायम रहेको छ । यस्तै, बैंकको कस्ट अफ फण्ड १७.४९ प्रतिशत बढेर ६.४६ प्रतिशत पुगेको छ । बैंकको खराव कर्जा १.०८ प्रतिशत रहेको छ ।
गत वर्ष बैंकको खुद नाफा १६२.३६ प्रतिशत बढेर १ अर्ब ३८ करोड रुपैयाँ कमाएको छ । नाफासँगै बैंकको वितरण योग्य नाफा १२०.३१ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ४९ करोड ८५ लाख ८५ हजार रुपैयाँ रहेकोमा गत असार मसान्तसम्ममा १ अर्ब ६३ लाख ९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १४९.८६ प्रतिशत अर्थात् ९.१५ रुपैयाँ बढेर १५.२६ रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी ६.११ रुपैयाँ रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १३.९६ प्रतिशत रहेको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार ०८:५५ मा प्रकाशित






























