काठमाडौं । नेपालमा विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहेका ३३ देशका १३३ विदेशी नागरिकलाई निकालिएको छ ।
अध्यागमन विभागका अनु्सार २०७९ बैशाखदेखि असार मसान्तसम्मा नेपालबाट निष्कास गरिएका विदेशी नागरिकमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी रहेका छन् ।
जसमा चिनियाँ नागरिक २५ जना, अमेरिकी नागरिक १९ जना र तेस्रोमा क्यानडा र फ्रान्सका नागरिक रहेका छन् ।
विभागका अनुसार तीन महिनाको अवधिमा क्यानडा र फ्रान्सका १०÷१० जना नागरिकलाई निष्कासन गरिएको हो ।
त्यस्तै बेलायतका ९, आयरल्याण्ड ५, पाकिस्तान, भियतनाम, अल्जेरीया र थाइल्याण्डका ४/४ जना, इटाली, जर्मनी, जापान, स्वीट्जरल्याण्ड, उज्वेकिस्तान, चेक रिपब्लिक र रुसका ३/३ जना, अष्ट्रिया, नेदरल्याण्ड, बेलारुस, ब्राजिल, फिलिपिन्स, इण्डोनेशिया २/२ जना, अष्ट्रेलिया, चिली, दक्षिण कोरिया, स्वीडेन, रोमानिया, स्पेन, श्रीलंका, इजरायलका १/१ जनालाई निष्कासन गरिएको छ ।
वि.सं.२०७९ साउन २४ मंगलवार १३:४८ मा प्रकाशित






























