back
CTIZAN AD

सृजनशील लघुवित्तले पायो आइपीओ निष्काशन अनुमति

वि.सं.२०७९ साउन २४ मंगलवार

801 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सृजनशील लघुवित्त वीत्तीय संस्थालाई आइपीओ निष्काशनका लागि अनुमति दिएको छ । सिरहाको चोहर्वा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्थाले पेस गरेको निवेदन धितोपत्र बोर्डले स्वीकृत गर्दै अनुमति दिएको हो ।

कम्पनीले जारी पुँजीको ३६ प्रतिशत प्राथमिक सेयर जारी गर्न बोर्डमा वैशाख २२ गते निवेदन दिएको थियो । बोर्डले कम्पनीलाई गत बुधबार स्वीकृति दिएको जनाएको छ । आइपीओ ल्याउने कम्पनीहरुको सूचीमा एउटा लघुवित्त थपिएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको चुक्ता पुँजी हाल ७ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले प्राथमिक सेयर निष्काशन गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 

वि.सं.२०७९ साउन २४ मंगलवार १४:११ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...