back
CTIZAN AD

गठबन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केहि गर्दैन–कांग्रेस नेतृ सिंह

वि.सं.२०७९ साउन २५ बुधवार

1.1K 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिहले गठबन्धनले अन्यौल बाहेक अरु केही गर्न नसक्ने टिप्पणी गरेकी छन् ।

नेतृ सिंहले गत बैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफैले देखेको र भोगेको भन्दै आगमी निर्वाचनमा तालमेल नगरी गठबन्धनभित्रका दलले आ–आफ्नै चुनाव चिन्ह लिएर उम्मेदवार पनि आफ्नै उठाउनु पर्ने बताएकी छन् ।

‘स्थानीय चूनावमा देखेको भोगेको गठवन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केहि गर्दैन ।’

नेपाली कांग्रेसलाई सुझाव भन्दै नेतृ सिंहले ट्विटरमा लेखेकी छन् –‘राजनीतिक कुरा गर्न मन लाग्यो । आउदै गरेको संसदीय चूनावमा आ–आफ्नो पार्टी आफ्नै चूनाव चिन्ह र गठबन्धन नगरी सबैले आ–आफ्ना उम्मेदवार उठाउने बरू बहुमत नआए गठवन्धन गर्दा हुन्छ । स्थानीय चूनावमा देखेको भोगेको गठवन्धनले अन्यौल र अस्तव्यस्त बाहेक केहि गर्दैन ।’

आगामी प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनभित्रका दलहरुले तालमेल गरेर जाने निर्णय गर्दै सिट बाँडफाँटको छलफलमा रहेका बेला नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन् ।

नेतृ सिंह गत स्थानीयतहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुुखका लागि चुनावी प्रतिश्पर्धामा उत्रिएकी थिइन् ।

वि.सं.२०७९ साउन २५ बुधवार १३:४३ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...