Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्डविरुद्ध लड्न बादल अघि सर्लान् ?



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने भएका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रबारे स्पष्ट पारेका छन् ।

उनले आफुँ चार–पाँच महिनादेखि नै चितवनबाटै चनाव लड्ने कुरामा प्रष्ट भएको बताए । प्रचण्डले भनेका छन्, “मैंले प्रष्टसँग चार–पाँच महिना अगाडिदेखि नै भनेको छु, म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु ।”

उनले आफुलाई चुनाव लड्न पार्टीभित्रबाट रुकुम, गोरखा, धनुषा, सिरहा, कालीकोटलगायतका क्षेत्रको प्रस्ताव आएको भएपनि आफु निर्वाचन क्षेत्र फेर्ने पक्षमा नभएको बताए ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि प्रचण्ड चिवतन–३ बाटै विजयी भएका थिए । उनले राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार विक्रम पाण्डेलाई ९ हजार ३२७ मतले हराएका थिए । प्रचण्डले ४८ हजार २६९ मत ल्याउँदा पाण्डेले ३८ हजार ९४२ मत ल्याएका थिए ।

तत्कालिन निर्वाचनमा माओवादी केन्द्रलाई एमालेले सघाएको थियो भने राप्रपा (प्रजातान्त्रिक)लाई कांग्रेस र राप्रपाले सघाएका थिए ।

यसपटकको निर्वाचनमा पनि दलहरुबीच तालमेलको तयारी छ । सत्ता गठबन्धनमा रहेका पाँच दलबीच चुनावी तालमेल गर्ने सहमति भइसकेको छ । तर, निर्वाचन क्षेत्रको भने भागवण्डा भएको छैन । तथापी, दलहरुबीच जे–जसरी भागवण्डा भएपनि चितवन–३ प्रचण्डका लागि सुनिश्चित छ । र, प्रचण्डलाई सत्ता गठबन्धनका दलहरुले सघाउने निश्चितसमेत देखिन्छ ।

प्रचण्ड गठबन्धनको सहयोगमा चुनाव लड्ने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले चितवन–३ बाट कसलाई उम्मेदवार बनाउला भन्ने चासो सर्वत्र देखिएको छ । एमालेले उम्मेदवार तय नगरेको भएपनि पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले यसअघि नै उक्त क्षेत्रबाट चुनाव लड्न चासो देखाएका थिए ।

उनी निकट एक नेताले बताएअनुसार उनले निर्वाचनको घोषणा अघि नै आफु पनि चितवन–३ बाटै चुनाव लड्न तयार रहेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएका थिए । एमालेले प्रचण्डका विरुद्ध पूर्वमाओवादीको हैसियतलाई बादललाई नै उतार्नु उपयुक्त हुने समीक्षा गरेको बुझिन्छ ।

प्रचण्डका अगाडि बादल कति बलियो ?

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा चितवन–३ भित्र पर्ने दुई स्थानीय तह (भरपुर महानगरपालिका र माडी नगरपालिका)मा गठबन्धनको सहयोगमा माओवादी केन्द्रले आफ्ना उम्मेदवार खडा गरेको थियो । तर, गठबन्धनको सहयोगमा चुनाव लडेको भएपनि चितवनमा माओवादी केन्द्रले भरतपुर महानगरपालिका मात्रै जितेको छ । बलियो आधार क्षेत्र मानिएको माडीको नेतृत्वमा माओवादीले हार व्यहोरेको छ ।

प्रमुखमा जितेको भरतपुर महानगरपालिकाका २९ वडामध्ये १९ वडा मात्रै निर्वाचन क्षेत्र नं. ३ मा पर्दछन् । जसलाई आधार मान्दा वडा स्तरमा माओवादी केन्द्रभन्दा एमाले बलियो देखिन्छ । यता माडीमा नेतृत्व हारेको भएपनि वडा तहमा भने माओवादी केन्द्र एमालेभन्दा धेरै अगाडि छ । तथापी, गठबन्धनको सहयोग पाउने अवस्थामा माओवादी केन्द्रलाई चुनाव जित्न सजिलो हुन्छ ।

अर्कोतर्फ, चुनावमा व्यक्तिगत क्रेज पनि जोडिने गर्दछ । जसलाई आधार मान्दा बादलभन्दा प्रचण्ड निकै बलिया छन् । प्रचण्ड माओवादी आन्दोलनका नेतृत्वकर्ता मात्रै होइनन् समग्र परिवर्तनका नेतृत्वकर्ता पनि हुन् । दुई/दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड सम्भावित प्रधानमन्त्रीसमेत हुन् । प्रधानमन्त्री हुने तहमा बादलको हालसम्म चर्चासमेत हुन सकेको छैन ।

चुनावी क्षेत्रमै पनि मतदाताले बादललाई भन्दा प्रचण्डलाई रोज्ने धेरै आधार छन् । ०७४ को निर्वाचन पछि प्रचण्ड निरन्तर आफ्नो चुनावी क्षेत्रमा भिजेका र चिनिएका छन् । उनले निरन्तर आफ्नो क्षेत्र केन्द्रीत विभिन्न विकासे कामहरु पनि गर्दै आएका छन् ।

तर, बादल जनप्रतिनिधि नभएको कारण उनी मतदातामाझ स्थापित छैनन् । २०६४ को संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका उनी त्यसयता निर्वाचन नै लडेका छैनन् । आम चुनावमा नजोडिएको कारण जनस्तरमा पनि उनी भिजेका नेतामा पर्दैनन् । जसको प्रभाव चुनावमा स्वभाविक रुपले नै पर्दछ ।

सम्बन्धित समाचार

चुनावी लेखाजाेखा : प्रचण्डलाई चितवन–३ कति सहज ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ