back
CTIZAN AD

नेकपा एसले तोक्यो निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी

वि.सं.२०७९ साउन २६ बिहीवार

888 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको सभापतित्वमा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय डा गङ्गालाल तुलाधार, डा विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार ०८:२९ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...