back
CTIZAN AD

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

वि.सं.२०७९ साउन २६ बिहीवार

765 

shares

तालुक्वान । अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ ।
पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका बिरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

“हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५०० भन्दा बढी बिरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,” अफगानी अधिकारीले भने । सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन् ।

गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसअघि दुई हप्ता पहिले अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा नौ हजार ५०० बिरामी भएका थिए । उनीहरूमध्ये ६६७ जनामा हैजा भएको पुष्टि गरिएको थियो । रासस/सिन्ह्वा

वि.सं.२०७९ साउन २६ बिहीवार ०८:३३ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...