back
CTIZAN AD

क्यान्सर पिडित बिरामीहरुको उपचारका लागि आइएमई जनरल इन्स्योरेन्सले गर्यो आर्थिक सहयोग

वि.सं.२०७९ साउन २६ बिहीवार

912 

shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२ लाख ५० हजार नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा.बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरेका हुन् । सोहीअवसरमा नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कर्याकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

वि.सं.२०७९ साउन २६ बिहीवार १३:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...