back
CTIZAN AD

विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या, तीन दिनमा १६ जना छात्रा बेहोस

वि.सं.२०७९ साउन २६ बिहीवार

1K 

shares

बझाङ । स्थानीय बित्थडचीर गाउँपालिका-१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् ।

उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने ,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए । पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन् ।

विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो । उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताए । उनले भने,“सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।”

चिन्ता तथा डरका कारण पनि त्यस्तो समस्या आउने गरेको चिकित्सक बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमासमेत यस्तो समस्या आउने र यस्ता छात्रालाई अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्याउन पर्नेमा उनले जोड दिए । बिरामी परेकालाई केही दिन बिदामा घर बस्न सुझाव दिए पनि विद्यालयमा भने बिदा नदिइएको तर विभिन्न सञ्चार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर भ्रमित समाचार सम्प्रेशण भएकामा विद्ययालयले आपत्ति जनाएको छ । रासस

वि.सं.२०७९ साउन २६ बिहीवार १४:१४ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...