काठमाडौं । साताको कारोबारको पाँचौँ दिन पनि शेयरबजार परिसूचक नेप्से ओरालो लागेको छ । बिहीबार १८.९६ अंकले घटेर २०३७.९२ बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बजार घटेसँगै यस दिन सेन्सेटिभ इन्डेक्स पनि ४.०८ अंकले घटेर ३९१.६७ बिन्दुमा ओर्लिएको छ । यस्तै, १३ वटा उपसमूहका सूचकमध्ये १२ वटाका सूचक घटेका छन् भने म्युचुअल फण्ड समूहको सूचक ०.४६ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका २२३ वटा कम्पनीको १ अर्ब ७६ करोड १० लाख २३ हजार रुपैयाँबराबरको ६२ लाख ९८ हजार कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ३२ वटा कम्पनीमा हरियाली छाएको छ भने १५० वटा कम्पनी राताम्मे देखिएका छन् ।
यस दिन सर्वाधिक कमाउनेमा हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर छन् । कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेर प्रतिकित्ता क्रमशः ३३३ रुपैयाँ र १४३ रुपैयाँ पुगेको छ ।
यस्तै, सर्वाधिक गुमाउनेमा युनिलिभर नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले घटेर प्रतिकित्ता १८९०५ रुपैयाँ कायम हुन गयो । साथै, सर्वाधिक शेयर कारोबार शिवम् सिमेन्टको भएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १६:०१ मा प्रकाशित


























