back
CTIZAN AD

गठबन्धनभित्र अर्को गठबन्धन : एउटै चुनाव चिन्ह बनाउने तयारीमा वामशक्ति

वि.सं.२०७९ साउन २६ बिहीवार

861 

shares

काठमाडौं । सत्ता गठबन्धनभित्रका र बाहिरका वाम दलहरुबीच मोर्चा बनाएर एउटै चुनाव चिन्ह लिएर चुनाव लड्ने विषयमा छलफल सुरु भएको छ । निर्वाचन आयोगले साउन ३१ भित्रै चुनावी प्रयोजनका निम्ति दल दर्ताको समय छुट्याएको बेला दलहरुबीच उक्त विषयमा छलफल चलेको हो ।

बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भटराईबीच बेग्ला–बेग्लै छलफल भएको थियो । नेताहरुबीच न्यूनतम मोर्चाको अवधारणा बनाउने र चुनाव चिन्ह एउटै बनाएर जानुपर्ने छलफल भएको बुझिएको छ ।

बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार मोर्चा बनाएर एउटै चुनाव चिन्हबाट लड्ने विषयमा मोटामोटी सहमति भएको छ । “मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्नेबारे छलफल भएको छ, हामी सबै सहमत छौं”, उनले भनेका छन्, “छिट्टै टुंगाएर जाने सहमति भएको छ ।”

नेताहरुबीच छिट्टै माधव नेपालसहितका नेताहरुसँग छलफल गर्ने निर्णय पनि भएको उनले बताए । गौतम र भट्टराईले माओवादी केन्द्रको चुनाव चिन्हलाई साझा बनाउन सकिने प्रस्ताव प्रचण्डसँग गरेको बुझिएको छ ।

दिल्ली भ्रमणबाट फर्किए लगत्तै माओवादी अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा बनाउने प्रस्ताव दलहरुसँग राखेका थिए । तर, जसपा र एकीकृत समाजवादीभित्रको खटपटका कारण उक्त विषयमा घनिभूत छलफल हुन सकेको थिएन ।

वि.सं.२०७९ साउन २६ बिहीवार १६:४३ मा प्रकाशित

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...