back
CTIZAN AD

कोरोनाबाट आज एकैदिन ५ जनाको मृत्यु, भेन्टिलेटरमा रहनेको संख्या पनि बढ्यो

वि.सं.२०७९ साउन २६ बिहीवार

645 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

आज थपिएका पाँचजनासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९८२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८१५ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४,५३४ नमुना परीक्षणमा ८१५ नयाँ संक्रमित थपिएका ुहन् ।

आज थपिएका ८१५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ९२ हजार १४६ पुगेको छ ।

त्यस्तै सोहि अवधिमा ४७६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४७६ जनासँगै हालसम्म ९ लाख ७४ हजार २९५ जना कोरोनाबाट निको भएको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

नेपालमा हाल ५ हजार ८६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ६७७, संस्थागत आइसोलेशनमा १९२, आइसीयुमा ६० र भेन्टिलेटरमा ८ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १६:२५ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...