back
CTIZAN AD

श्रीलंकाका पूर्वराष्ट्रपति भाग्दै भाग्दै पुगे थाइल्याण्ड

वि.सं.२०७९ साउन २७ शुक्रवार

882 

shares

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे २८ दिन सिंगापुरमा बिताएपछि थाइल्याण्ड पुगेका छन् । सिंगापुरमा स्थायी बसोबासको अनुमति नपाएपछि उनी थाइल्याण्ड पुगेका हुन् ।

उनी थाइल्याण्ड भिजिटिङ भिसामा पुगेको सञ्चारमाध्यमले जनाएका छन् । श्रीलंकाली सञ्चारमाध्यमका अनुसार राजापाक्षेलाई अहिलेसम्म कुनै पनि देशले आवासीय वा स्थायी भिसा जारी नगरेकाले यसपछि कहाँ जानेछन् भन्ने स्पष्ट भइसकेको छैन। राजापाक्षको पार्टीले पूर्वराष्ट्रपति छिट्टै स्वदेश फर्किने बताएको छ । तर, यसका लागि मिति भने दिइएको छैन ।

जुलाई १३ मा देश छाडेका थिए

देशमा आफूप्रति असन्तुष्टि जनाउँदै राजापाक्षेले जुलाई १३ मा परिवारसहित श्रीलंका छाडेका थिए। त्यसपछि उनी सिंगापुर पुगे । यहीँबाट उनले पदबाट राजीनामा पत्र पठाएका थिए। सिंगापुरले उनलाई दुई पटक २८ दिन बस्न अनुमति दिएको थियो । त्यसपछि यसलाई बढाउन अस्वीकार गर्‍यो। श्रीलंकाका धेरै संस्थाहरूले सिंगापुरलाई राजापाक्षेविरुद्ध मुद्दा दर्ता गर्न आग्रह गरेका थिए। तर, त्यसअघि नै उनले यो देश छोडे ।

रिपोर्टका अनुसार गोटाबाया बिहीबार दिउँसो सिंगापुरबाट नियमित उडानमा थाइल्याण्डका लागि प्रस्थान गरेका थिए । उनको परिवार अहिले कहाँ छ ? यसको जानकारी भने अझै खुल्न सकेको छैन ।

थाइल्याण्ड सरकारले पुष्टि गर्‍यो

थाइल्याण्ड सरकारले श्रीलंकाका पूर्व राष्ट्रपतिले देश भ्रमणको अनुमति मागेको बिहीबार नै स्पष्ट पारेको थियो । थाइल्याण्डले राजापाक्षेलाई भिजिटिङ भिसा दिइएको बताएको छ ।

विज्ञप्तिमा ७३ वर्षीय राजापाक्षेलाई मानवीय आधारमा भिजिटिङ भिसा दिइएको पनि उल्लेख छ । विशेष कुरा के छ भने थाइल्याण्डले भिसा सशर्त दिइएको छ । विज्ञप्ति अनुसार राजापाक्षेले यहाँ बसेर अर्को देशमा स्थायी शरण लिन प्रयास गर्न सक्छन् तर, यहाँबाट श्रीलंकासँग सम्बन्धित कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन पाउने छैनन् ।

राजापाक्षे बैंककमा ९० दिन बस्न सक्ने अनुमान गरिएको छ । माल्दिभ्स र मौरिससले उनीहरूलाई राजनीतिक शरण दिने विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

वि.सं.२०७९ साउन २७ शुक्रवार १७:०२ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...