back
CTIZAN AD

सय बढीलाई रोजगारी दिने उद्योग स्थापना

वि.सं.२०७९ साउन २८ शनिवार

576 

shares

तनहुँ । चार व्यक्ति मिलेर तनहुँको व्यास नगरपालिका-११ स्थित दुम्सीमा वेदव्यास मल्टिपर्पोज उड एन्ड काष्ठ इन्डष्ट्रिज सञ्चालनमा ल्याइएका छन् । उद्योग सञ्चालनमा ल्याएसँगै स्थानीय मानिससहित एक सय बीसजनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गण्डकी प्रदेशकै दोस्रो ठूलो भनी जिकिर गरिएको उद्योग जिल्लामा स्थापना भएसँगै युवायुवतीलाई आत्मनिर्भर बन्न सहयोग मिलेको छ ।

उद्योगमा आवश्यक पर्ने सबै उपकरण ल्याएपछि उत्पादन सुरु भइरहेको उक्त इन्डष्टिजका अध्यक्ष सूर्य तामाङले जानकारी दिए । सो उद्योगमा अहिले दैनिक पाँच सय थान प्लाइ, एक सयभन्दा बढी थान ढोका र ५० थान चौकोसलगायत सामान उत्पादन भइरहेको छ । स्थानीय सूर्य तामाङ, बाबुराम उप्रेती, बाबुराम पुरी र भुपाल आलेको करिब रु १२ करोडको सामूहिक लगानीमा उद्योग सञ्चालन गरिएको हो । अहिले उद्योगमा उत्पादित वस्तु जिल्लाभित्रै खपत हुँदै आएकाले आगामी दिनमा बाह्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाइएको सञ्चालकहरुले बताए ।

उद्योग सञ्चालनका लागि सोह्र रोपनी जग्गा रु ६५ लाखमा खरिद गरी १० रोपनी जग्गा व्यक्तिसँग भाडामा लिइएको उनको भनाइ थियो । केही गरौँ र स्वदेशमा रोजगारी सिर्जना गरौँ भन्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको इन्डष्ट्रिजका अर्का सञ्चालक एवं सचिव बाबुराम उप्रेतीले जानकारी दिए । उप्रेती डिभिजन वन कार्यालयबाट सहायक वन अधिकृत पदबाट अवकाश प्राप्त व्यक्ति हुन भने अन्य तीन व्यवसायी स्थानीय हुन् । करिब दुई सयसम्म जनशक्तिलाई गाउँमै रोजगारी दिन सकिने लक्ष्य रहेको सञ्चालकहरुले बताए ।

जिल्लामा यस्ता किसिमका उद्योग कलकारखाना सञ्चालन गरेको खण्डमा युवायुवती रोजगारीको सिलसिलामा विदेसिनु पर्ने अवस्थामा न्यूनीकरण गर्न सकिने अर्का सञ्चालक बाबुराम पुरीले बताए ।
उक्त उद्योगमा बिजुलीको लाइन गएको समयमा समस्या नहोस् भनी हालै मात्र भारतबाट जेनेटर ल्याई जडानसमेत गरिसकिएको छ ।रासस

वि.सं.२०७९ साउन २८ शनिवार १३:४१ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...