काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिबाट बिबादास्पद नागरिकता बिधेयक पुनर्बिचारका लागि फिर्ता पठाउनु अत्यन्त स्वागतयोग्य भएको बताएको छ ।
एमालेका सचेतक विशाल भट्टराईले राष्ट्रपतिको कदम स्वागतयोग्य रहेको भन्दै एमालेले प्रतिनिधिसभामा ३३ वटा संसोधन हालेर बैबाहिक अङिकृत नागरिकताको हकमा सातवर्षे प्रावधान राख्न खोज्दा बहुमतको बलमा सत्तारुढ गठबन्धनले इन्कार गरेको बताएका छन् ।
‘अब राष्ट्राध्यक्षले नै पुनर्बिचार गर्न भनेपछि यसमा बहुमत –अल्पमत भन्दा माथि उठेर सातवर्षे प्रावधान राखेर पास गर्न सत्तापक्ष तयार हुनुपर्छ ।’ भट्टराईले लेखेका छन् ।
वि.सं.२०७९ साउन ३० सोमवार ०९:०४ मा प्रकाशित






























