काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने उक्त बैठकमा नेपाल समाजवादी पार्टीसँगको सहकार्य, मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भएको भेटवार्तामा आगमी निर्वाचनमा डा. भट्टराईको पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लड्न मौखिक सहमति भएको थियो । सोहि सहमतिलाई आजको बैठकले लिखितरुपमा औपचारिकता दिने बताइएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ०९:१३ मा प्रकाशित






























