back
CTIZAN AD

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

वि.सं.२०७९ साउन ३० सोमवार

663 

shares

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त कार्यदलको बैठकमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।

गत साउन २० गते बसेको गठबन्धनको बैठकले आगामी निर्वाचनमा पनि स्थानीय तहमा जस्तै तालमेल गरेर जाने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सोहि बैठकले साउन मसान्तभित्रै सबै निर्वाचन क्षेत्रको तथ्य आकंलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्न कार्यदललाई निर्देशन दिएको थियो ।

त्यस्तै आइतबार बसेको गठबन्धनको बैठकले पनि सिट बाँड फाँटको कार्य छिट्टै टुंगो लगाउन निर्देशन दिएको थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला संयोजक रहेको उक्त कार्यदलमा कांग्रेसका महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकिकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् ।

वि.सं.२०७९ साउन ३० सोमवार ११:१२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...