काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको सनराइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर वडा नं २ मा चौतारीको निर्माण गरेको छ । उक्त चौतारीको साउन २६ गते एक समारोहमा उद्घाटन गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अथिति सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग,विशिष्ठ अतिथीमा सनराइज बैंकका नायब महा–प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ०३का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले स्थानियहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै बैंकका नायब महा–प्रबन्धक यादवले संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ । गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ११:४६ मा प्रकाशित





























