Logo
९ आश्विन २०७९, आईतवार
     Sun Sep 25 2022
E-paper
  English Edition
   Unicode
Logo

युद्धको बेवास्ता गर्दै युक्रेनी खानीमा व्यस्त श्रमिकको पीडा



जो स्टेन्सन, पाभ्लोग्राद, युक्रेन । युक्रेनको निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभ्लोग्राद सहर नजिकै ठूलो खानी छ । खानीको बाहिरी सतहमा रूसले युक्रेनविरूद्ध हानेका गोलाबारीको आवाजले मानिसहरू आक्रान्त छन् ।

युक्रेनको अग्रपङ्तिमा लड्ने सेनाभन्दा धेरै टाढा छैन गहिरो भूमिगत खानी । खानीमा श्रमिकहरूले जमिनभित्रका चर चर खोतलेर कोइला उत्खनन गर्ने कामदारहरू युद्धको बेवास्ता गर्दै खानीमा व्यस्त हुन बाध्य छन् । उनीहरूलाई खानीको सुरक्षाभन्दा खानीबाहिरको युद्धमा आफ्ना सहपाठीहरूको सुरक्षाको चिन्ताले सताउने गर्छ तर उनीहरू खानीमा काम गर्न विवश छन् ।

मस्कोको सेनाले कीभ आक्रमणमा अपेक्षित सफलता पाउन नसकेपछि यो द्वन्द्व कृषि प्रधान दक्षिण र औद्योगिक, कोइलाले सम्पन्न डोनबास पूर्वमा सरेको छ ।

युक्रेन सोभियत सङ्घको हिस्सा रहेकै समय ४३ वर्षअघि स्थापना भएको पाभ्लोग्राद सहरको बाहिरी भागमा रहेको एउटा खानीमा चार हजार कामदारहरूले पालोअनुसार आफ्नो समयमा काम गर्छन् ।

रुस समर्थक पृथकतावादीको गढ मानिएको डोनेट्स्कबाट एक सय ७० किलोमिटरको दूरीमा रहेको खानीमा काम गर्ने ओलेक्सान्डर ओक्सेनका अनुसार अग्रपङ्तिमा देशका लागि लडिरहेका सहकर्मीको सुरक्षाबारेमा पलपलमा विचारहरू आउँछन् । के गर्दै छन् उनीहरू ? कतै आक्रमणको निशानामा त परेनन् । परिवारका सदस्यहरू सकुशल छन् कि छैनन् ? कि शत्रुको आक्रमणबाट उनीहरूको इहलिला समाप्त त भएन ?

“हामी आत्मामा उनीहरूसँग छौँ, तर आखिर, कोइला पनि कसैले उत्खनन गर्न आवश्यक छ,” ४२–वर्षीय खानी मालिकले भने ।

करिब आठ सय जना कर्मचारी (श्रमिक) लाई एक सय ५० किलोमिटर पूर्वमा फैलिएको युद्धमा सैनिकको रूपमा सेवा गर्न बोलाइएको छ । खानीका अधिकारीहरू भने उत्पादन भने उस्तै रहेको बताउँछन् ।

जमिन सतहबाट, सुविधा भएका स्थानमा अक्सिजनको तह विश्वविद्यालय परिसरको जस्तो छ । विलो फ्रोन्ड (स्थानीय रूखका पात) हरू हावामा उड्छन् र कम्मरजति अग्लो विशाल चेसको सेटको छेउमा रहेको पानीको साना पोखरीमा तैरिन्छन् । तर खानीमा काम गर्ने कामदारका लागि ती बेकारजस्तो लाग्छ । किनकि उनीहरूलाई यसको आनन्द लिने फुर्सदै छैन । शत्रुहरूसँग लडिरहेका राष्ट्रवादी योद्धालाई पनि यसको के नै वास्ता छ र ।

खानीमा तीन सय ७० मिटर (१,२०० फिट) अस्थाई भ¥याङबाट तल ओर्लने क्रममा उनीहरूको फोक्सोले श्वासप्रश्वासमा कठिनाइ भएको थाहा पाउँछ । खानीबाट कोइला निकाल्न चट्टान फोड्न गैँची, बेल्चा र घनका आवाज सुन्दा जोकोहीले पनि काममा व्यस्त कामदारले सहजरूपमा कोइलाको थुप्रो लगाउन सकेका छन् भन्ने लाग्दैन । तर, उनीहरू खानीमा रमाउँदै आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी बहन गर्छन् र पारिवारिक कर्तव्य पूरा गर्छन् ।

चट्टान र धातुको आवाजले खानीमा कोलाहल छ । कोइला खानीको मुखमा नै पुग्दा काम गर्न कति कठिनाइहरू छन् सहजै कल्पना गर्न सकिन्छ ।

खानीमा छिर्दै जाँदा घामको न्यानो हराउँदै जान्छ र कालो धुलोले भरिएको हावा चलिरहेजस्तो देखिन्छ । भनिन्छ, खानीमा एउटा भूत छ जसले कामदारलाई सहयोग गर्छ, तर यहाँ पनि उनीहरूलाई युद्धको चिन्ताले सताइरहेको छ ।

खानीमा छिर्दाबित्तिकै फोनहरू समूहका ठेकदारलाई बुझाउनुपर्छ । खानी कर्मचारी तथा श्रमिकहरूले सतहमा भएका नवीनतम घटनाबारे बेलाबेला जानकारी गराउँछन् । उनीहरूले साथीहरू र परिवारको सुरक्षाको बारेमा मात्र थाहा दिइन्छ ।

“खानीबाट बाहिर निस्केपछि उनीहरूको पहिलो काम भनेको परिवार तथा आफन्तलाई फोन गरेर वास्तविक जानकारी लिने हुन्छ,” माइनिङ कम्प्लेक्सका निर्देशक भासिलले आफ्नो नाम प्रयोग नगर्न आग्रह गर्दै भने ।

साँघुरो सुरुङमा पैदल यात्रा गर्नुअघि चट्टानका भित्ताहरू फलामे धातुका पिँजडाहरूले समातेका छन् । सुरुङमा खसेपछि कामदारहरूलाई तीन दशमलव छ किलोमिटर लामो रेलगाडीजस्तो साधनमा राखेर कोइला भएको क्षेत्रमा लगिन्छ र त्यहाँ उनीहरूले आफ्नो श्रम गर्न सुरू गर्छन् ।

सयौँ कामदारले कोइला उत्खनन् गर्छन् । खानीभित्र जम्मा पार्छन र सजिलोमा मेशिन र असजिलो ठाँउमा भारी बोक्दै जमिनको सतहमा कोइला ल्याइन्छ, त्यहाँबाट कोइला प्लान्टतर्फ सवारी साधनमा हालेर कोइला पठाइन्छ ।

लम्बाइको साथ मा एक रैग्ड कन्वेयर बेल्ट चल्दछ जसले कोइलालाई ट्रलीहरू तिर गति दिन्छ जसले यसलाई लिफ्टमा लैजान्छ, त्यसपछि सतहतिर जहाँ यो पावर प्लान्टहरूमा पु¥याइन्छ ।

भित्रभित्रै ३३ वर्षीय भोलोदिमिर पालिएन्को मेशिनको चालसँगै कराउँदै दिनभर काम गर्दा उनको बोली नै अस्पष्ट जस्तो हुन्छ तर उनको दैनिकी कोइला खानीमा नै पसिना बगाएर बित्ने गर्छ । यो सबै उनको रोजीरोटी र परिवारको लागि मात्र नभई देशको अर्थतन्त्रलाई मजबुत पार्नका लागि पनि भएको उनी बताउछन् ।

उनी भन्छन्, ’हाम्रो देशमा जे भइरहेको छ, त्यसले सबैलाई असर गर्छ । “सबैका साथीहरू र परिचितहरू छन् जो एक न एक तरिकामा देशको उन्नतिका लागि सहभागी छन् । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धनुषा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडाैं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनले गण्डकीका १५

प्लेजियारिज्म अर्थात् बौद्धिक चोरी गर्नुलाई कानुनी अपराध मानिन्छ । अर्काको लिखतलाई आफ्नो बनाउने र