back
CTIZAN AD

गठबन्धन आजको आवश्यकता हो भ्रममा नपरी कार्यक्षेत्रमा सक्रिय हुनुहोस्– राम कुमारी

वि.सं.२०७९ भदौ २ बिहीवार

708 

shares

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले गठबन्धन आजको आवस्यकता रहेको भन्दै कोही पनि भ्रममा नपरी आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन अनुरोध गरेकी छन् ।

बजारमा केही दिनदेखि आफुहरुका वारेमा केही भ्रामक समाचार÷विचार आएको भन्दै नेतृ झाक्रीले त्यो गलत रहेको बताउँदै भनेकी छन्–‘देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु ।’

नेतृ झाक्रिले भनेकी छन्–
आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो । यो अबसरमा सबै कमरेडहरू, साथिहरूप्रति हार्दिक शुभकामना।

गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनीतिक निर्णय लिएको दिन हो । मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो । हामीले राजनितीमा अर्को एउटा मूल्यको राजनितीको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाईला अगाडी बढाएको दिन हो ।

स्वभावैले मैले मेरो निर्णय लिदा दाँया वाँयाका मेरा आफ्ना राजनीतिक अभिभावक छोडेर आएको दिन थियो । सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु । राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन् । स्वतन्त्रता यानेकी आजादीको त्यही प्याशनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन् ।

हो हाम्रो बिद्रोह त्यही थियोः संबिधानलाई बचाउन, सात दशक लामो संघर्षको उपल्धिको रक्षा गर्न, यो राजनीतिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहाना अनुसार संचालन गर्न गर्न ।

आज यिनै उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय हो । आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने हाम्रो संकल्प छ । गठबन्धन आजको आवश्यकता हो । संविधानलाई गतिदिन,संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मूलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ।आजको यो सबै कार्यभार पूरा गर्न नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता हो ।

बजारमा केही दिन देखि हामीहरूका वारेमा केही भ्रामक समाचार÷विचार आएको देख्छु । यो कुरा गलत हो । देशैभरीका हाम्रा सहयोद्धा साथिहरू यस्ता कुनै पनि भ्रममा नपर्न र आफ्नो कार्यक्षेत्रमा सक्रिय हुन समेत अनुरोध गर्न चाहान्छु । आज हाम्रो पार्टीको दर्ता गरेको दिन हो । यो अबसरमा सबै कमरेडहरू, साथिहरूप्रति हार्दिक शुभकामना ।’

 

वि.सं.२०७९ भदौ २ बिहीवार १७:३० मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...