काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले बिहीबार साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो ।
प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र सांसदहरूले मतदान गर्नुपर्ने भएकाले बिहीबारको बैठक स्थगित भएको थियो ।
कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक आज बिहान साढे आठ बजे बस्ने भएको हो । आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।
वि.सं.२०७९ भदौ ३ शुक्रवार ०८:३४ मा प्रकाशित






























