back
CTIZAN AD

टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’ सेवा, के–के छन् त सुविधा ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार

723 

shares

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरूको सजिलोका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक सेवा उपलब्ध गराएको छ ।

बिहीबारदेखि लागू भएको सो प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अवसर छनोट गरी सदुपयोग गर्न सकिने टेलिकमका सहप्रवक्ता रञ्जित लोहियाले जानकारी दिए ।

इन्डिया भ्वाइस प्याक दैनिक सुविधा अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु ५९ मा उपलब्ध छ । त्यसैगरी साप्ताहिकअन्तर्गत ७५ मिनेट र मासिकमा दुई सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक क्रमशः रु दुई सय ५९ मा र रु सात सय ५९ मा उपलब्ध छन् । एक्सेस कोड ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिने टेलिकमको भनाइ छ । प्याकेज गरिद गर्न ‘स्टार १४१५ ह्यास’ डायल गरी सात नम्बर छनोटपश्चात खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार ०८:४६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...