back
CTIZAN AD

एकिकृत समाजवादी पार्टीको निर्वाचन केन्द्रित भेला हुने

वि.सं.२०७९ भदौ ३ शुक्रवार

912 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटीको यही भदौ ४ गते काठमाडौँमा भेला हुने भएको छ । उक्त भेलामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी तथा जिम्मेवारी, साङ्गठनिक कार्य प्रगति विवरण प्रस्तुति, आर्थिक विवरण प्रस्तुति र कमिटीको नयाँ कार्यसमितिको निर्वाचान गरिने कमिटीका सचिवालय सचिव कृतु भण्डारीले जानकारी दिए ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जिल्लाअन्तर्गत रहेका वडा, नगर, प्रदेश तथा केन्द्रीय निर्वाचन क्षेत्रमा उम्मेदवारको छनोटको कार्यविधि तयार गर्ने छ । साथै पाँच दलीय गठबन्धनमा भएका कमी कमजोरीको समिक्षा गर्नेछ ।

चुनाव प्रचारप्रसारको तयारी तथा सम्बन्धित नेता तथा कार्यकर्तालाई आवश्यक जिम्मेवारी प्रदान गर्ने विषयमा समेत भेला केन्द्रित हुनेछ ।
केन्द्रले तोकेको उम्मेदवारको मापदण्डअनुसार साङ्गठनिक गतिविधिमा क्रियाशीलका साथै त्यस क्षेत्रमा रहेका व्यक्तिको लोकप्रियतका आधारमा जिल्लाले केन्द्रमा उम्मेदवारको नामावली सिफारिसका लागि रणनीति तयार गरिने छ । सङ्घीय संसद्अन्तर्गत काठमाडौँमा १० प्रतिनिधिसभा सदस्य तथा २० प्रदेशसभा सदस्यको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार ०८:५१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...