back
CTIZAN AD

माओवादीलाई पदाधिकारी चयन गर्न कहाँ पर्‍यो सकस ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार

663 

shares

काठमाडौं । साउन ३१ देखि मुख्यगरी पदाधिकारी चयनको एजेण्डामा केन्द्रीत रहेर माओवादी केन्द्रको स्थायी समिति बैठक नियमितरुपमा बसिरहेको छ । एक पछि अर्को गर्दै बैठक बसिरहेको भएपनि बैठक निष्कर्षमा भने पुग्न सकेको छैन ।

शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको नाम पढ्ने उद्घोष यसअघिकै बैठकमा गरेका थिए । तर, प्रचण्डले नाम पढ्नको लागि शुक्रबारको बैठकमा शनिबारको भाका सारेका छन् । नेता हरिबोल गजुरेलका अनुसार शनिबारको बैठकमा प्रचण्डले पदाधिकारीको नाम पढेर सुनाउनेछन् ।

“पदाधिकारीको विषय करिब–करिब टुंगीसकेको छ, आज केही छलफल गर्नुपर्ने खाँचो देखाएर उहाँ (अध्यक्ष प्रचण्ड)ले भोली गरौंला भन्नुभएको छ”, गजुरेलले संसार न्यूजसँग भनेका छन्, “भोली उहाँले अनिवार्य नाम पढ्नुहुन्छ ।”

तर, शनिबार पनि भाका सर्ने सम्भावना भने कायमै रहेको अन्य नेताहरु बताउँछन् । मुख्यगरी महासचिवलगायतका पदमा दाबी गर्नेको संख्या बढेको कारण व्यवस्थापन जटिल बनेको नेताहरुले बताएका छन् ।

शनिबार पनि नाम पढ्ने अवस्था नभए चुनावभन्दा अघि पदाधिकारी टुंगीने अवस्था नभएको नेता डोरप्रसाद उपाध्याय बताउँछन् । उनका अनुसार शनिबारको बैठक नै निर्णायक हुनेछ ।

“४ दिनदेखिको बैठकले स्थायी, पिवि र केन्द्रीय समितिबारे निर्णय लिएको छ, अब पदाधिकारी चयनको विषय मात्रै बाँकी छ, तर केही पदमा दाबी धेरैको हुँदा व्यवस्थापन केही जटिल बनेको छ”, उपाध्यायले भनेका छन्, “यदि भोली पनि टुंगीने अवस्था नभए चुनाव अघि टुंगीन्न ।”

अहिले खासगरी महासचिव पदमा आधा दर्जन बढी नेताहरुको दाबी परेको छ । वर्षमान पुन र जनार्दन शर्माले मुख्यगरी दाबी गरिरहेका बेला देव गुरुङ, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले पनि आफ्नो बलियो दाबी प्रस्तुत गरेका छन् । पुन र शर्माको विकल्पमा गुरुङको नाम अलि बढी चर्चामा छ । तर, पोखरेल, गजुरेल, बस्नेत र भुसालले पनि दाबी छाडेका छैनन् ।

नेताहरुले दाबी नछाडेको कारण कुन पदमा कसलाई व्यवस्थापन गर्ने भन्ने विषय जटिल बन्दै गएको छ । महासचिव पदकै अन्यमाथि छलफल नै हुन नसकेको नेताहरुले बताएका छन् ।

चुनावको मिति नजिकिएको कारण पनि विवादकै बीच पदाधिकारी टुंग्याउँदा पार्टीभित्र विग्रह आउनसक्ने चिन्ता प्रचण्डमा देखिन्छ । प्रचण्डले सहमतिमै हुन नसके विशेष महाधिवेशनसम्मका लागि भाका सार्ने सम्भावना बढी रहेको नेताहरुले बताएका छन् ।

“विवाद बढाएर चुनावमा जाने विषय हुन्न”, नेता उपाध्याय भन्छन्, “सहमति हुन सकेन भने चुनाव पछि नै उपयुक्त हुन्छ । सायद, अध्यक्षले पनि यही सोंच्नुभएको छ ।”

सम्बन्धित समाचार

माओवादीभित्र महासचिवमा रस्साकस्सी : देव गुरुङले बाजी मार्ने सम्भावना कति ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:२१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...