back
CTIZAN AD

अमेरिकामा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाइयो

वि.सं.२०७९ भदौ ३ शुक्रवार

801 

shares

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भब्यताका साथ मनाइएको छ ।

फिप्नाका १८ वटा सदस्य संस्थाहरु सहआयोजक रहेको उक्त, कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उद्घोष गर्दै संचालन गरेको कार्यक्रममा फिप्नाको अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो ।

No description available.

कार्यक्रमको प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथीहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्यदूत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर थिए ।

कार्यक्रममा प्रमुख अतिथी राईले आदिवासी जनजातिको विश्व परिवेश, विकास र महत्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकास, उत्थान र सहभागिताका लागि प्रतिवद्द रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति नियमहरु समेत आदिवासी जनजातिको पक्षमा रहेको बताए ।

बिशेष अतिथि नेपाल कन्सुलेट जनरल न्यूयोर्कका बाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापन पत्रहरुलाई नेपाल सरकारसम्म पु¥याउने र सुनुवाइ लागि भूमिका खेल्ने बताए ।

त्यस्तै अतिथिहरुमा डेमोक्रेटिक नोमिनी फर एसेम्बली डिष्ट्रीक ३० का स्टेभेन रेज, मेम्बर अफ न्युयोर्क सिटी काउन्सील डिष्ट्रिक २६ जुली वनको प्रतिनिधि चिफ अफस्टाफ फ्राच, क्विन्स कम्युनिटी बोर्ड २ का प्रमुख मोरी गोलोनीका प्रतिनिधि डिेनियल, एसियन एड्भाइजरी काउन्सील अफ सिटी मेयर अफिस काउन्सील बोर्ड डिष्ट्रिक ३ का सल्लाहकार पोत्री रंक मनिस, न्यूयोर्क शहरका मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र कलेज पोइन्ट सिभिक एण्ड ट्याक्सपेयर एसोसियसनका अध्यक्ष नवराज केसी, न्युयोर्कस्थित क्रियाशिल नेपाली संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपिएको थियो ।
औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरुले न्यूयोर्क सहरको ज्याक्सन हाइटबाट आ–आफ्नो भेषभूषामा झाँकीसहितको ¥याली सहित कार्यक्रम स्थल आएका थिए ।

वि.सं.२०७९ भदौ ३ शुक्रवार १३:४२ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...