काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकले पदाधिकारी घोषणाका साथै अन्य महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् ।
शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विना निष्कर्ष टुंगिएको थियो । हीजोको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।
मुख्यतः महासचिव पदमा किचलो देखिएका बेला प्रचण्डले नेताहरुको व्यवस्थापनका निम्ति नयाँ विकल्प प्रस्तुत गरेका हुन् । महासचिवमा दाबेदारी गर्ने अधिकांशलाई उपमहासचिव बनाउने तयारी प्रचण्डले गरेका छन् ।
आज बसेको स्थायी समिति बैठकले पदाधिकारीबारे निर्णय लिनेछ । अध्यक्ष प्रचण्डले आजको बैठकमा पदाधिकारीको नाम प्रस्तुत गर्ने सम्भावना रहेको छ ।
साउन ३१ देखि बसेको स्थायी समिति बैठकले स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिलाई पूर्णंता दिइसकेको छ ।
वि.सं.२०७९ भदौ ४ शनिवार १४:४४ मा प्रकाशित






























