back
CTIZAN AD

पाँच केजी हेरोइनसहित एकासी वर्षीय महिला विमानस्थलबाट पक्राउ

वि.सं.२०७९ भदौ ४ शनिवार

618 

shares

वार्सा । यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानाडातर्फ प्रस्थान गर्न लागेकी एकजना ८१ वर्षीया महिलालाई पाँच किलो हेरोइनसहित पक्राउ गरिएको छ ।

बरामद गरिएको उक्त परिमाणको हेरोइनको मूल्य पाँच लाख १५ हजार अमेरिकी डलर पर्ने अधिकारीहरुले बताएका छन् ।

डेनमार्ककी नागरिक ती महिलाको संदिग्ध गतिविधि देखेपछि भन्सारका कर्मचारीले उनका सामान खानतलासी गर्दा उक्त परिमाणको प्रतिबन्धित लागूऔषध बरामद गरिएको हो ।

बरामद भएको लागूऔषध फल्स बटन बनाएर तक्सरीको प्रयास गरिएको थियो । ती महिला मलावी र केन्या हुँदै दोहाबाट वार्सा आइपुगेकी हुन् । उनले कुनै पनि गलत काम नगरेको बताएकी छन् । पोल्यान्डको कानुनअनुसार उनलाई तीन महिना थुनामा राखेर अनुसन्धान गरिनेछ ।

गैरकानुनीरुपमा प्रतिबन्धित लागूऔषध निजले राखेको प्रमाणित भएमा १५ वर्ष कारावासको सजाय भोग्नुपर्नेछ ।

यसैबीच डेनमार्क सरकारले आफ्ना नगारिक लागूऔषधसहित पोल्यान्डमा पक्राउ परेको समाचारको पुष्टि गर्दै उनलाई वार्सास्थित आफ्नो देशको दूतावासले कन्सुलर सेवा प्रदान गरिरहेको बताएको छ । (रासस\एपी)

वि.सं.२०७९ भदौ ४ शनिवार १८:४४ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...