back
CTIZAN AD

चौबीस सहसचिवको सरुवा, को कहाँ परे त ?

वि.सं.२०७९ भदौ ६ सोमवार

750 

shares

काठमाडौँ । सरकारले सङ्घ तथा प्रदेश तहका २४ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आईतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको होे ।

बैठकको निर्णय अनुसार अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्यालयमा, झक्कप्रसाद आचार्यलाई कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सङ्घको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र कृष्णप्रसाद ज्ञवालीलाई सामान्य प्रशासन मन्त्रालयबाट श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

यस्तै विदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, केशवप्रसाद विमलीलाई प्रदेश नीति तथा योजना आयोग जनकपुरधामबाट श्रम मन्त्रालयमा, नारायणप्रसाद सापकोटालाई सामान्य प्रशासन मन्त्रालयबाट भरतपुर महानगरपालिकामा, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट महिला मन्त्रालय लुम्बिनी प्रदेशमा लगायतमा सहसचिवको सरुवा गरिएको छ । file photo

वि.सं.२०७९ भदौ ६ सोमवार २०:४८ मा प्रकाशित

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...