back
CTIZAN AD

फलफूल तथा तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी

वि.सं.२०७९ भदौ ७ मंगलवार

849 

shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौँको तरकारी बजारमा करिब १७ रुपैयाँ ५० पैसादेखि ५७५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य बमोजिम सबैभन्दा सस्तो सेतो मूला प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महंगो किवी ५७५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडाको ५५ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३२ रुपैयाँ ८० पैसा, मुडेको आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र घिरौला ३५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्लो फर्सी ५५ रुपैयाँ, भण्डिी ४५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, न्यूरो ११६ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा १२३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, निबुवा ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, अमला ९० रुपैयाँ, अदुवा ७५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, चाइनिज सुकेको लसुन १६५ र हरियो धनिया ४०० रुपैयाँसम्म पर्नेछ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार १३:३० मा प्रकाशित

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

‘बलमा माइचा हाकुमा दाइचा’ ले फेरि चर्चाको शिखरमा रिमा

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा तथा गीतकार रिमा...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापनका लागि रु एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज रु...

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

फरार प्रतिवादी सात वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

टि-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

काठमाडौँ । मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तरराष्ट्रिय...