back
CTIZAN AD

तालमेलको सम्भावना नभएपछि एक्लै लड्ने निष्कर्ष पुग्यो एमाले

वि.सं.२०७९ भदौ ७ मंगलवार

747 

shares

काठमाडौं । आगामी मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले अन्य दलसँग चुनावी तालमेलको सम्भावना सकिएको निष्कर्ष निकालेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटीको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एक्लै प्रतिस्पर्धा गर्ने गरी योजना निर्माण हुने बताएका थिए । उनले एमाले बाहेक बाम शक्ति बाँकी नरहेको पनि निष्कर्ष सुनाएका थिए ।

बैठकमा स्थायी कमिटीका सदस्य घनश्याम भुसालले वामपन्थी दलबीच गठबन्धन गरेर चुनावमा जानुपर्ने धारणा राखेका थिए । त्यसको जवाफ दिँदै अध्यक्ष ओलीले अन्य वामपन्थी हुन भनेर आफूलाई प्रमाणित गर्नुपर्ने बताएका थिए ।

शुक्रबार र शनिबार हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न मंगलबार स्थायी कमिटीको बैठक बसेको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीमा प्रस्तुत गरिने राजनीतिक प्रतिवदेनको खाका प्रस्तुत गरेको जानकारी गराए । त्यसैगरी, वैशाखमा भएको केन्द्रीय कमिटी बैठकपछि निर्णयहरुको अनुमोदन गरेको छ ।

वि.सं.२०७९ भदौ ७ मंगलवार १७:४८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...