back
CTIZAN AD

वाइसिएलले छान्यो नयाँ नेतृत्व (पदाधिकारीकाे सूचीसहित)

वि.सं.२०७९ भदौ ७ मंगलवार

801 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले आज पद तथा गोपनीयताको शपथ लिएको छ । मंगलबार आयोजित एक समारोहमा वाइसिएलका इञ्चार्ज रामप्रसाद सापकोटाले नवनिर्वाचित अध्यक्षसहित केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यही भदौ ३ गते शुक्रबारदेखि सुरु भएको वाइसिएलको दोस्रो भेला यही भदौ ५ गते आइतबार अबेर सम्पन्न भएको थियो । भेलाले वाइसिएलको अध्यक्षमा सुबोधराज शेर्पालीलाई निर्वाचित गरेको थियो । भेलाले ६१ सदस्यीय पदाधिकारी र तीन सय ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको इञ्चार्ज सापकोटाले जानकारी दिए ।

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर गुरुङ, उपाध्यक्षमा गोगन मल्ल, मञ्जु बम, मिङ्माडन्डु शेर्पा, केहरसिंह कुँवर, ज्ञानेन्द्रबहादुर ढुङ्गाना, उमेश घोरासैनी छन् ।

यस्तै, महासचिवमा गणेश शाही, उपमहासचिवहरुमा पुष्प ओली, मीनबहादुर घर्ती, एबिराज राई, दिलबहादुर थापा, रतनबहादुर शाही र रेशम महरा छन् । त्यस्तै, सचिवमा हरि ढकाल, नवीन खड्कासहित ४५ जना रहेका छन् भने कोषाध्यक्षमा सन्तोष पनेरु निर्वाचित भएका छन् ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको सङ्घीय तथा प्रदेशसभाको निर्वाचनलाई भव्यरुपमा सम्पन्न गराउन तत्कालै जनपरिचालन तथा युवा परिचालनको कार्यक्रम सुरु गरिने वाइसिएलले जनाएको छ । सङ्गठन विस्तार, हरेक वडा वडामा वाइसिएल तथा राजनीतिका अलावा सामाजिक सुधार र जागरणको क्षेत्रमा समेत काम गर्ने गरी भेलाले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव पुष्प ओलीले जानकारी दिए ।

वि.सं.२०७९ भदौ ७ मंगलवार १८:०८ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...