back
CTIZAN AD

श्रीलङ्काका सबै विश्वविद्यालयहरू सेप्टेम्बरमा खुल्ने

वि.सं.२०७९ भदौ ८ बुधवार

675 

shares

कोलम्बो । श्रीलङ्काको विश्वविद्यालय अनुदान आयोगले मङ्गलबार देशका सबै विश्वविद्यालयहरू सेप्टेम्बरदेखि पुनःसञ्चालनमा आउने घोषणा गरेको छ ।

सोमबार राति आयोगका अधिकारीहरू र विश्वविद्यालयका उपकुलपतिहरूबीचको बैठकमा उक्त निर्णय गरिएको आयोगका अध्यक्ष सम्पथ अमरतुङ्गाले बताएका छन् ।

अमरतुङ्गाले कोभिड–१९ महामारीका कारण सन् २०२० मा विश्वविद्यालय बन्द भएको र अनलाइन कक्षा सञ्चालन भइरहेको बताएका हुन् । “भौतिकरूपमा कक्षा र अतिरिक्त क्रियाकलाप सुरु गर्ने समय आएको छ । विद्यार्थीहरूले पनि सोही कुराको माग गर्दै आएका छन्,” उनले भने ।

अमरतुङ्गाका अनुसार लगभग सबै विद्यार्थीहरूले कोरोना विरुद्धको खोपको दुई डोज प्राप्त गरिसकेका छन् ।

साथै विश्वविद्यालयका उपकुलपतिहरूले पनि महामारी अघि शैक्षिक र अतिरिक्त–पाठ्यक्रम गतिविधिहरू आयोजना गर्न सकिने कुरामा सहमत भएका छन् ।

प्रत्यक्ष कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीहरूले अनलाइनमार्फत जोडिन सक्ने पनि अमरतुङ्गाले बताएका छन् । (रासस\सिन्ह्वा)

वि.सं.२०७९ भदौ ८ बुधवार ०७:४६ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...